राजपा केन्द्रिय सचिवको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राजपा केन्द्रिय सचिवको मृत्यु

tenji lama

अजितकुमार झा
इनरुवा, २५ जेठ । राष्ट्रय जनता पार्टी नेपालका केन्द्रिय सचिव तेन्जी लामाको बिहिबार राति मृत्यु भएको छ । सुनसरीको इटहरी स्थित आफ्नै घरमा अत्याधिक गर्मीका कारण नुहाउनका लागि गएको बेला करेन्ट लागेर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएको लामाको उपचारका लागि धरान स्थित वीपी कोइराला प्रतिष्ठानमा लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । घटनाको बिषयमा अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको श्रीमती र दुई सन्तान छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);