नेपालको दोस्रो अन्तराष्टिय विमानस्थल निर्माणले गति लिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

नेपालको दोस्रो अन्तराष्टिय विमानस्थल निर्माणले गति लिने

airport

काठमाडौं, २ असोज । नेपालको दोस्रो अन्तराष्टिय विमानस्थल निर्माणले अव गति लिने भएको छ । मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा यात्रु तथा विमानको चाप थेग्न नसकेको भन्दै बन्न लागेको दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामले गति लिने भएको हो ।

विमानस्थल निर्माण गर्न पहिलो चरणमा चार किलालाई तारबार लगाउँने कामका साथै पसाहा खोलामा तटबन्ध लगाउँने काम भैरहेको छ । प्रारम्भिक चरणमा जग्गाको मुअब्जा वितरणको काम जारी रहेको विमाननिर्माण स्थल आयोजनाले जनाएको छ । जस अन्तरर्गत ककडीको १० विगहा र काँटगाँउको ४६ विगाहा गरी यस क्षेत्रमा रहेका एक सय १० विगहा जग्गा मध्ये ५६ विगहाको मोआब्जा बितरण गरी सकेको विमानस्थल निर्माण प्रमुख ईन्जिनियर ओम् शर्माले बताए ।

उनले विमान स्थलमा निर्माणको क्रममा टाँगिया बस्ती ठुलो समस्याको रुपमा देखा परेको बताउँदै यस बस्तीलाई पनि स्थानान्तरण गर्न राज्यले केही सहयोग गर्ने योजना बनाउन लागेको समेत बताए । टाँगिया बस्तीमा हाल एक हजार चार सय ७६ घरधुरी शुकुम्बासी परिवार बस्दै आएका छन् । सिमरा बारा यता समितीले निर्धारण गरेको मुअब्जा प्रति असन्तुष्टि जनाएका छन् । सरकारले प्रति कठ्ठा दुई लाख ४० हजार देखि चार लाख ६० हजार रुपैयाँ मुअब्जा दिने गरी दर निर्धारण गरेको छ ।

राज्यले चलन चल्तीको हिसाबले मुआब्जा निर्धारण नगरेको स्थानीयको गुनासो छ । अन्तर्राष्ट्रिय विमानस्थलमा पर्ने रुख कटानको लागि पनि सम्बन्धित मन्त्रालय मार्फत अहिले काम भईरहेको छ । रुख कटानको आदेश आए लगत्तै नेपाली सेनाको सहयोगमा काम अगाडी बढ्ने आयोजनाको भनाई छ । सरकारले त्रिवर्षीय योजना २०६४/०६७ मा नेपाल प्रवेश गर्ने वैकल्पिक अन्तर्राष्ट्रिय हवाई मार्गका लागि बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने घोषणा गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);