बाग्लुङमा ११ थान अवैध हतियार बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बाग्लुङमा ११ थान अवैध हतियार बरामद

बाग्लुङ, ३० असोज । जिल्ला प्रहरी कार्यलय बाग्लुङले ११ थान अवैध हतियार बरामद गरेको छ । कार्यालयले ६५ औ प्रहरी दिवस मनाउँदै गर्दा सरकारले अबैध घोषणा गरेको ११ थान हतियार राखी चोरी शिकारी गर्ने ११ जना जनालाई समेत पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेका माथि आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विना इजाजत राखिएका बन्दुकसहित उनीहरुलाई पक्राउ गरी प्रहरी दिवसको अवसरमा शुक्रबार सार्वजनिक गरिएको हो । प्रहरीले जिल्लामा २०१२ सालदेखि विभिन्न अभियोगमा सजाय तथा दण्ड जरिवाना तोकिएका ४ सय ७९ जना मध्ये अहिलेसम्म १ सय ३ जनालाई पक्राउ गरिएको बताएको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);