सट्टेबाजी खेलाउने ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सट्टेबाजी खेलाउने ३ जना पक्राउ

झापा, ३ कार्तिक । मोरङको विराटनगर–१६ स्थित भट्टीमोडबाट ठुलो रकमको बाजी राखी जुवा वा सट्टेबाजी खेल खेलाउने ३ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर–१६ का ३७ बर्षीय पुरूषोत्तम साह र ३५ बर्षीय मन्जित साह तथा विराटनगर–१५ का २८ बर्षीय अपजर अली रहेका छन । पक्राउ परेका तिनै जनाले यूएईमा जारी इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सट्टेबाजीको कारोबार गर्ने गरेको विशेष सुचना पाएपछी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो राती साढे ११ बजे पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट नगद २८ हजार ५ सय रुपैंया, ३ थान डायरी, ५ थान मोबाईल र १ थान को १८ प ६८८९ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनिहरुले यलष्लिभ बाट कुन टिमको हारजीत हुन्छ भनि बाजी मार्नका लागी रकम कबोल गराई सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका तिनै जना उपर कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);