रानीपोखरीमा मिसाउन सिन्धुलीबाट एक घैला पानी पठाईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

रानीपोखरीमा मिसाउन सिन्धुलीबाट एक घैला पानी पठाईयो

सिन्धुली, ३ कार्तिक । काठमाण्डौस्थित रानीपोखरीमा मिसाउन सिन्धुलीबाट सोमबार पवित्र धार्मिकस्थल तथा नदीको एक घैला पानी पठाईएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको परिपत्र अनुसार सिन्धुलीको कमलामाई मन्दिरको काखमा रहेको कमला नदीबाट एक घैला पानी रानीपोखरीमा मिसाउन पठाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।

रानीपोखरी समुद्घाटन हुनु अघि ७७ वटै जिल्लाको पवित्र धार्मिकस्थल तथा नदीको पानी मिसाउने केन्द्रको परिपत्र अनुसार शुद्धशान्ति गरी कमला नदीको पानी पठाएको कार्यालयका सूचना अधिकारी हेम कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पुनर्निर्माण सकिएकाले कात्तिक ५ गते रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्नु हुदैछ । रानीपोखरीमा पानी मिसाउन माथिको पत्रचार थियो । सोही अनुसार सिन्धुलीबाट पनि पानी पठाएका हौं ।’

रानीपोखरीको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेकोले मिसाउने पानीको व्यवस्थापन पनि जिल्लास्तरमा सोही कार्यालयले गरेको उहाँको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);