कात्तिक १६ गतेदेखि हुने लोकसेवा आयोगको परीक्षा स्थगित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कात्तिक १६ गतेदेखि हुने लोकसेवा आयोगको परीक्षा स्थगित

काठमाडाैं, ३ कार्तिक । लोकसेवा आयोगले कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले अर्को सूचना प्रकाशन नभएसम्मका लागि पूर्व निर्धारित परीक्षा स्थगित गरेको हो ।

आयोगले निजामती सेवा, सुरक्षा निकाय र संगठिततर्फका लिखित परीक्षा गर्ने तयारी गरेको थियो । आयोगभित्रै संक्रमण फैलिएको र कोरोना संक्रमितको दर पनि बढेको भन्दै आयोगले परीक्षा स्थगित गर्नुपरेको स्पष्ट पारेको छ ।

आयोगद्धारा सोमबार जारी सूचनामा आयोगका कर्मचारीहरु आइसोलेसनमा रहेका कारण परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन र एवं परीक्षा व्यवस्थापन गर्न समस्या उत्पन्न भएको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);