तीन फिट खन्दा रानीपोखरीमा भेटियो पानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

तीन फिट खन्दा रानीपोखरीमा भेटियो पानी

ranipokhari

काठमाडौं,१९ पुस। मल्लकालीन सम्पदा रानीपोखरी उत्खनन गर्दा पानी भेटिएको छ।

मंगलबार बिहानबाट सुरु भएको उत्खननमा तीन फिटमूनि पानी भेटिएको हो। रानीपोखरी पुनर्निर्माणबारे सुझाव दिन गठित विज्ञ समितिका संयोजक विष्णुराज कार्कीले पहिलाको पोखरीको बेसमेन्टमा पानी भेटिनु सामान्य भएको बताए।

रानीपोखरी पुनर्निर्माणबारे सुझाव दिन गठित विज्ञ समितिले त्यतिबेलाको पोखरी निर्माणसम्बन्धी विधि अध्ययन गर्न उत्खनन् गर्ने निर्णयअनुसार यो काम सुरु भएको हो।

समितिका सदस्य काशीनाथ तमोटका अनुसार पुरातत्वविद्हरूले रानीपोखरी निर्माणको शैली र सामग्रीबारे अध्ययन गर्न यो उत्खनन गर्न गरिएको हो।

काठमाडौं महानगरपालिकाले पुनर्निर्माण क्रममा रानीपोखरीको कालो माटो झिकेर डिलमा सिमेन्टको पर्खाल र पिँधमा टायल बिछ्याउन खोजेपछि विरोध भएको थियो। यस सम्बन्धमा सुझाव दिन विज्ञ समिति गठन गरिएको हो।

उत्खननबाट प्राप्त नतिजा र समितिका सदस्यको राय समेटेर बिहीबारसम्म प्रतिवेदन तयार पारिनेछ।पत्रपत्रिकाबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);