तिहारसम्म खुल्ला गर्ने योजनाका साथ रानीपोखरी पुनर्निर्माण काम तिव्र | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

तिहारसम्म खुल्ला गर्ने योजनाका साथ रानीपोखरी पुनर्निर्माण काम तिव्र

काठमाडौ, २२ असार । भूकम्पले क्षतिग्रस्त रानीपोखरी  पुनर्निर्माणको काम धमाधम भइरहेको छ । आगामी तिहारसम्म खुल्ला गर्ने योजनाका साथ पूर्ननिर्माणको काम तिव्र गतिमा भइरहेको छ । पोखरीको पिंधमा कालो माटो र ईंटा आच्छ्याउने काम सकिएको छ ।

पोखरी भित्र पानी रहने भागको पर्खाल निर्माणको काम पनि सकिएको छ । २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालको काम गरेको हो । पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि ईंटा ओच्छ्याएको छ ।

२०७७ बैशाख १२ गते अघि नै काम सक्ने गरी सुरु भएपनि लक डाउनका कारण केही प्रभावित भएको छ । पूर्ननिर्माण प्राधिकरणको तर्फबाट रानीपोखरी र धरहरा हेरिरहनु भएका सम्पदा विज्ञ राजुमान मानन्धरले पूर्ननिर्माणको काम सम्पन्न हुने करिब ३ महिना लाग्ने बताउनुभयो ।

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यकरणको काम अहिले भइरहेको छ । सौन्दर्यकरण, विजुली र मन्दिर निर्माणको ३५ प्रतिशत काम बाँकी रहेको उहाँले बताउनुभयो ।

पोखरीमा आकासे पानी, त्रिचन्द्र कलेज र दरबार हाइस्कूल क्षेत्रको आकासे पानी संकलन एवं प्रशोधन गरी पोखरीमा पानी राख्ने प्राधिकरणले व्यवस्था गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);