बैङिक कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

बैङिक कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं,१८ फागुन । बैङिक कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट लिखु गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने २८ वर्षीय रूवि खतिवडालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७९ भदौ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बसुन्धराबाट पक्राउ गरेको जनाएको छ । खतिवडाले प्रभु वैंक लिमिटेड काठमाडौं बबरमहल शाखामा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय काठमाडौं सुन्धारा पठाएको जनाएको छ ।

 

Leave a Reply