बायोमेट्रिक र माइग्राम्स प्रणाली अन्ततः बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बायोमेट्रिक र माइग्राम्स प्रणाली अन्ततः बन्द

फूलमाया आले
काठमाडौं, ८ जेठ । मलेसिया जाने कामदारका लागि स्वास्थ्य परिक्षणका नाममा सुरु गरिएको बायोमेट्रिक र माइग्राम्स प्रणाली अन्ततः बन्द भएको छ । योसँगै वैदेशीक रोजगारीको लागि स्वास्थ्य परिक्षणमा कायम सिण्डकेट तोडिएको छ ।

विभिन्न बहानामा कादारसँग रकम असुल गर्ने २६ संस्थाका ३६ जना व्यवसायीलाई प्रहरीले पक्राउ गरी ठगी मुद्दा चलाउने तयारी गरेको छ ।

मलेसियाको बेस्टिनेट नामक कम्पनीसँग सम्झौता गरेर नेपालको स्वास्थ्य व्यवसायी महासंघमा आबद्ध ३७ मेडिकलले मलेसिया जाने कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्दै आएका थिए ।

बायोमेट्रिक प्रणालीमार्फत स्वास्थ्य परीक्षण गराए बापत स्वास्थ्य संस्थाले सफ्टवेयर जडानका लागि मलेसियाको एजेन्ट कम्पनीलाई ८ लाख रुपैयाँ र प्रत्येक वर्ष नवीकरणका लागि दुई लाख रुपैयाँ बुझाउँदै आएका थिए ।

तथापी बायोमेट्रिक प्रणलीको स्वास्थ्य परिक्षणसँग कुनै सम्बन्ध छैन । यो सुरक्षासँग जोडिएको विषय हो । तथापी आर्थिक चलखेलमा सिण्डकेट कायम गरी ४ बर्ष अघिदेखि बायोमेट्रिक लागु गरेका ३७ वटा स्वास्थ्य संस्थाले कामदारसँग परीक्षणका नाममा ३ हजार २ सय रुपैयाँ र माइग्राम्सको नाममा ४ हजार ५ सय रुपैयाँ गरी ७ हजार ७ सय मेडिकल शुल्क असुल्दै आएका थिए ।

बायोमेट्रिकको नाममा ३७ वटा मेडिकलले मलेसिया जाने कामदारहरुसँग अर्बौ ठगी गरी जघन्य अपराध गरेको नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष सिताराम रेग्मीको भनाइ छ । संघले दोषिलाई कडाभन्दा कडा कार्बाही गर्न माग समेत गरेको छ ।

सरकारको निर्णयसँगै वैदेशीक रोजगारीका लागि स्वास्थ्य परिक्षण गर्न स्वीकृति पाएका २ सय ३५ वटै स्वास्थ्य संस्थाहरुले मलेलिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्न सुरु गरेका छन् ।

तथापी ती स्वास्थ्य संस्थाबाट स्वास्थ्य परिक्षण गराएकाहरुलाई मलेसियाले भिषा दिन्छ या दिँदैन भन्नेमा अझै अन्योल नै छ ।

यता महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ परेका वान स्टेप सेन्टर (ओएससी) र भिएलएन नेपालका सञ्चालक राम श्रेष्ठ तथा सिण्डिकेटधारी स्वास्थ्य संस्थाका सञ्चालकविरुद्ध ठगीको मुद्दा दायर गर्ने तयारी गरको छ ।

प्रहरीले पक्राउ गरेका २६ वटा स्वास्थ्य संस्थाका ३६ जना व्यावसायीलाई अदालतमा उपस्थित गराइ अनुसन्धानका लागि सोमबार म्याद थप समेत गराएको छ । काठमाडौं जिल्ला अदालतले पक्राउ परेकाहरुलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुसँग भएका ल्यापटप र कागजातसमेत बरामद गरको छ । ती संस्थाका सञ्चालकले मलेसिया जाने नेपाली कामदारसँग बार्षिक तीन अर्ब रुपैयाँभन्दा बढी अवैधरुपमा उठाउँदै आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);