नयाँ प्रणालीबाट युवा मलेसिया पठाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नयाँ प्रणालीबाट युवा मलेसिया पठाइने

kamdar

काठमाडौं, १५ चैत । मलेसियाले विदेशी श्रमिकको लागि नयाँ स्वास्थ्य मापदण्ड तोकेसँगै विगत १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने निश्चित भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही दिनभित्र कलिङ भिसा आएर जान नपाएका युवालाई पहिलो चरणमा मलेसिया पठाउने तयारीसहित गृहकार्य सुरु गरेसँगै जेठदेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको हो ।

लामो समयदेखि बिचौलियाको चलखेलमा रहेको मलेसियाको रोजगारी अब पारदर्शी र प्रतिस्पर्धात्मक प्रणाली लागू गरी दुई देशको श्रम सम्झौतामा उल्लेखित शून्य लागतका आधारमा नेपाली युवा पठाउने गरी तयारी भइरहेको मन्त्रालयको उच्च स्रोतले बताएको छ । नयाँ मागअनुसार जाने श्रमिक भने स्वास्थ्य मापदण्ड अनुसार स्वास्थ्य परीक्षण संस्था छनोट भएपछि मलेसिया जाने प्रक्रिया सुरु गरिने जनाइएको छ । मन्त्रालयले हाल स्वास्थ्य परीक्षण गर्ने नयाँ संस्थालाई सूचीकरण गर्न आह्वान गरिरहेका कारण कलिङ भिसा आएका बाहेक अन्य नयाँ माग अनुसारका युवालाई भने मलेसिया पठाउने प्रक्रिया केही ढिलो हुने छ । श्रम सम्झौतालगत्तै दुवै देशका प्राविधिक समूहको बैठकले गरेको समझदारीअनुसार व्यवस्थित, पारदर्शी र सहजरूपमा युवालाई मलेसिया पठाउने सरकारी योजना रहेको छ ।

श्रम सम्झौताअनुसार मलेसियाले हालै स्वास्थ्य मापदण्ड पठाइसकेको छ । सरकारले मलेसियाको स्वास्थ्य परीक्षणका हुँदै आएको सिण्डिकेट खारेज गर्दै बुधबार नयाँ संस्थालाई सूचीकरण हुन आह्वान गरेको छ । विगतमा १७ वर्षदेखि श्रम सम्झौता भइ मलेसियाको रोजगारीमा उतारचढाव आए पनि अब भने भर्ना, स्वास्थ्य परीक्षण र अन्य काम पारदर्शी रूपमा गर्नुपर्ने छ । मलेसियाको रोजगारीमा बिचौलियाले विगत ५ वर्षयता विभिन्न शीर्षकमा युवाबाट चर्को सेवा शुल्क लिँदै आएको थिए । यसरी हुदै आएको चर्को सेवा शुल्क लिने प्रवृत्ति रोक्न श्रममन्त्री गोकर्ण विष्ट मलेसिया जाने प्रक्रिया नै रोकेर सुधार गर्नु परेको बताउँदै आएका छन् ।

मलेसियाले विदेशी कामदार माग गर्ने सम्बन्धमा नयाँ नीति लागू गर्ने जनाउँदै सेप्टेम्बरदेखि बंगलदेशबाट कामदार लिएको छैन । बंगलादेशका श्रमिक माग गर्ने सम्बन्धमा अप्रिल १ तारिकदेखि नयाँ नीति लागू गर्ने मलेसियाले जनाएको छ । कात्तिक १२ गते दुई देशबीच भएको श्रम सम्झौताअनुसार यही सोमबारबाट अन्तिम श्रम स्वीकृति दिने कार्य सुरु हुन लागेको छ । पहिलो चरणमा कलिङ भिसा लागेर मलेसिया जान नपाएका ७ हजारभन्दा बढी श्रमिकलाई पठाउने तयारी भएको श्रम मन्त्रालयले जनाएको छ । अब उनीहरूलाई प्राथमिकतामा राखेर अन्तिम श्रम स्वीकृति दिन श्रम मन्त्रालयले तयारी थालेको छ ।

यस्ता छन् नयाँ मापदण्ड

नेपाली कामदार माग गर्ने सम्बन्धमा मलेसियाले पठाएको नयाँ स्वास्थ्य मापदण्डअनुसार स्वास्थ्य संस्थामा जनशक्ति, ल्याब र परीक्षण गर्नुपर्ने विषयहरू समेटिएका छन । अब सबै स्वास्थ्य संस्थाले रेडियोलोजिष्ट, प्याथोलोजीष्ट, एमडिजिपी-एमबिबिएस, रेडियोग्राफर, एडमिनिष्ट्रेटर, एकाउन्टेन्ट, बायोमेट्रिक अपरेटर लगायतका जनशक्ति राख्नु पर्ने मापदण्डमा उल्लेख छ । यसैगरी, भौतिक पूर्वाधार र सुविधामा फराकिलो र खुल्ला प्रतिक्षालय, डकुमेन्टेसन र रेकर्ड कक्ष, डाक्टरको परिक्षण कक्ष, १५ केभिको जेनेरेटर हुनुपर्ने छ । ल्याबमा माईक्रोसकोप, अटोक्लेभ, युरिन एनलाईजर, इन्कुभेटर लगायतका १६ प्रकारका ल्याब उपकरण हुनु पर्ने छ । अब मलेसिया जाने श्रमिकको १२ वटा विभिन्न प्रकार स्वास्थ्य परिक्षण गर्नु पर्ने बिहिबार मन्त्रालयले सार्वजानिक गरेको मापदण्डमा उल्लेख छ । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);