मलेसियासँग भिसा शुल्कमा अझै विवाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

मलेसियासँग भिसा शुल्कमा अझै विवाद

malesia kaamdar

काठमाडौं, २६ फागुन । द्विपक्षीय श्रम समझदारी हुनु अघि जारी भएका कलिङ भिसाको शुल्क कामदारले ब्यहोर्न नपर्ने ग्यारेन्टी नहुँदा मलेसियाको रोजगारी खुल्न सकेको छैन । गत जेठ देखि मेलेसियामा नेपाली कामदार जान बन्द छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

मलेसियाको गृह मन्त्रालयले रोजगारदाता कम्पनी सिफारिस गरेपछि कलिङ भिसा जारी हुन्छ । त्यस्तो भिसा पाएका कामदारलाई काठमाडौँ स्थित मलेसियाली दूतावासले राहदानीमा भिसा लगाइदिन्छ । भिसा पाउन कामदार आफैँ राहदानी लिएर दुतावास जान मिल्दैन । मलेसिया भीएलएनले भिसा प्रक्रिया गरेपछि मात्रै दूतावासले भिसा लगाइदिन्छ ।

यो प्रक्रिया गरे बापत भीएलएनले प्रतिराहदानी ७ हजार ४ सय ८० रुपैयाँ शुल्क लिने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);