नेपालको नयाँ निर्णयप्रति मलेसिया सकारात्मक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

नेपालको नयाँ निर्णयप्रति मलेसिया सकारात्मक

malesia

काठमाडौं, १० जेठ । नेपाली कामदारमाथि आर्थिक भार पर्ने गरी मलेसियाले खडा गरेका संयन्त्र खारेज गर्ने नेपाल सरकारको निर्णयप्रति मलेसियाको नयाँ सरकार सकारात्मक देखिएको छ ।

नेपाल सरकारको पछिल्ले निर्णयप्रति सम्मान गर्दै त्यसलाई सम्बोधन गर्न मलेसियाको परराष्ट्र, गृह र मानव संसाधन मन्त्रालयको संयुक्त बैठक बस्न लागेको मलेसियाका लागि कार्यवाहक राजदूत कुमार खरेलले बताए ।

खरेलले बुधबार पुत्राजयस्थित परराष्ट्र मन्त्रालयको दक्षिण मध्यएसिया विभाग प्रमुख तान याङ थाईसँग भेट गरी नेपाल सरकारको पछिल्लो निर्णयबारे जानकारी गराएका थिए । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);