सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको बिक्रिवितरण रोकिएन | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको बिक्रिवितरण रोकिएन

विमल जैरु
डडेल्धुरा, ७ साउन । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन ०६८ अनुसार सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ बेच्न र सेवन गर्न पाईंदैन । तर डडेल्धुरा, डोटी, बझाङ लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा न बिक्रिवितरण नियन्त्रण भएको छ, न त सेवन नै ।

बिक्रेताले कानुन विपरित बालबालिकालाई समेत चुरोट र सुर्ती बेच्ने गरेका छन् । सेवनकर्ताले पनि आफूलाई मन लागेका बेला जहाँसुकै पनि धुम्रपान गर्ने गरेका छन् । कानुनका बारेमा सम्बन्धित पक्षलाई जानकारी गराउन नसक्नु तथा कार्यान्वयनका लागि पहलहरु नभएका कारण यो कानुन लिखित मै सिमित भएको छ ।

कानूनमा १८ वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवतीलाई सुर्तीजन्य पदार्थ बेच्न नपाउने र बिक्रेताले यो व्यवस्था सम्बन्धि सूचना नै टाँस्नुपर्ने व्यवस्था छ । तर यो व्यवस्था कार्यान्वयन गराउन नियमनकारी निकायहरु जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकारले चाँसो नदिदा सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ बिक्रिवितरण नियन्त्रण भएको छैन ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले भने समय समयमा अुनगमन गरी कानुन मिच्नेलाई कारबाहीको दायरामा ल्याइरहेको जनाएको छ ।

सुर्तीजन्य पदार्थको सेवन स्वास्थ्यका लागि हानिकारक मानिन्छ । त्यहिकारण सरकारले नियन्त्रणमुखी कानुन बनाएको हो । कानुन कार्यान्वयनमा समन्वय अभाव देखाएर संम्वन्धित निकायले तदारुकता देखाउन जरुरी देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);