३० वर्षदेखि बगरको कर तिर्दै उदयपुरका स्थानीय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

३० वर्षदेखि बगरको कर तिर्दै उदयपुरका स्थानीय

bagar

गोपाल पोखरेल
उदयपुर, ६ असोज । उदयपुरका १० हजार घर–परिवारले ३० वर्षदेखि बगरको कर सरकारलाई बुझाईरहेका छन् । खाई नखाई गरी किनेको खेत फेरी पुनः फर्कने आशामा स्थानीयहरुले तीन दशक देखि सरकारलाई कर बुझाउँदै आएका हुन् ।

त्रियुगा नगरपालिकाका बिभिन्न क्षेत्र र चौदण्डी नगरपालिकाका जोगिदह हडिया, बेल्टार, बसाहा, सुन्दरपुर तपेश्वरी लगायतका एक दर्जन गाउँका झण्डै २५ हजार परिवारको खेतियोग्य जमिन बगर बनिरहेको छ ।

बगर बनेको जमिन उक्सिने र पुनः खेती गर्न पाइने आशमा यहाँका स्थानीयले बिगत ३० बर्ष देखि निरन्तर रुपमा मालपोत र अन्य कर तिर्दै आएका छन् ।

त्रियुगा, द्वार, लोहाले, जोगिदह, हडिया, कङ र घेरखोलाले हजारौं बिघा खेतियोग्य जमिन कटान गर्दा यस क्षेत्रका झण्डै दश हजार पारिवार सुकुम्वासी भई बिस्थापित भएका छन् । खाई नखाई गरी किनेको खेत खोलाले बगरमा परिणत गरिदिएपछि तटबन्ध निमार्ण हुने र जग्गा उकासिने आशाले मातपोत कार्यालयलाई तिरो तिरिरहेको स्थानीयहरु बताउँछन् ।

त्रियुगा नदी र आसपासका खहरे खोलामा तटबन्ध निर्माण गर्दा हजाराैँ बिघा खेतियोग्य जमिनकोे उकास हुने भएपनि पर्याप्त आन्तरिक स्रोत नहुँदा नियन्त्रण गर्न सकिएको छैन । त्रियुगा नगरपालिकाले चिनियाँ सरकारको लगानीमा थ्रि.पि.र फोर पि. पि. मोडेलमा दुईतिर तटबन्ध निमार्ण गर्ने र त्यो तटवन्धमा दुईतिरबाट सोलार प्लान्ट राखी १ सय मेगावाट बिजुली निकाल्ने विषयमा छलफल गरिरहेको त्रियुगा नगरपालिका प्रमुख बलदेश चौधरीले बताए ।

त्रियुगा नदीमा मुहानदेखि सप्तकोसी नदीसम्म तटबन्ध निर्माण गरी आसपासका खहरे खोलासमेत नियन्त्रण गर्न सात अर्ब रुपैयाँको गुरुयोजना निर्माण गरिएको छ । तर, त्यसतर्फ स्थानिय, प्रदेश र केन्द्रिय सरकारको ध्यान जान सकेको छैन । त्रियुगा नदीलाई मात्रै नियन्त्रण गर्ने हो भने झण्डै पचास हजार विघा जमिन उक्सिने अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);