त्रियुगा नदी आसपासको उर्बर भूमि मरुभूमिमा परिणत हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

त्रियुगा नदी आसपासको उर्बर भूमि मरुभूमिमा परिणत हुँदै

गोपाल पोखरेल
उदयपुर, ६ पुस । उदयपुर र सप्तरी जिल्लाको सिमानामा पर्ने त्रियुगा नदीमा निर्मित चन्द्रनहरका कारण हरेक बर्षायाममा सयौं बिघा उर्बर जमिन मरुभूमिमा परिणत हुँदै गएको छ । नहरबाट आउने बालुवाले निकास नपाउँदा त्रियुगा नदी आसपासको उर्बर भूमि मरुभूमिमा परिणत हुँदै गएको हो ।

उदयपुर र सप्तरी जिल्लाको सिमानामा पर्ने त्रियुगा नदीमा निर्मित चन्द्रनहरका कारण नदी आसपासको उर्बर भूमि मरुभूमिमा परिणत हुँदै गएको छ ।

राणा प्रधानमन्त्री चन्द्रशम्शेरका पालामा निर्मित नहरबाट आउने वालुवाले हजारौं बिघा खेतीयोग्य जमिन पुरिदा जग्गा धनी समेत सुकुम्बासी बन्नु परेको स्थानीयहरु बताउँछन् ।

चुरे वन विनाशसँगै वर्षातमा हुने भूक्षयले खहरेमा पानीको साटो लेदो र बालुवा बग्ने गरेको छ । यसले जोगिदह, हडिया र सुन्दरपुरको हजारौं हेक्टर खेत पुरिएको छ । यसैका कारण सात विगाहा भन्दा बढी खेत भएका परिवार समेत सुकुम्वासी बनेर अहिले दाउरा बेचेर गुजारा गर्नूपरेको छ । कमाई खाने खेत सबै बगर बनेपछि कतिपय स्थानीय वासिन्दा अन्यत्र विस्थापित भईसकेका छन् ।

मालपोत कार्यालय उदयपुरको तथ्याङ्क अनुसार बिगत २६ बर्ष यता त्रियुगा नदी र चुरे क्षेत्रबाट बग्ने दर्जनौ खहरेहरुका कारण जिल्लाको ११ हजार बिघा खेतीयोग्य जमिन बगरमा परिणत भईसकेको छ ।

दक्षिण पश्चिमतर्फ खिइँदै गएको चुरे पहाड र उत्तरपूर्वतर्फ महाभारत पहाडकोबीचमा अवस्थित उपत्यका आकारको भूबनौट रहेको त्रियुगा क्षेत्र नै उदयपुरको सबैभन्दा बढी अन्न उत्पादन हुने खेतीयोग्य जमीनको क्षेत्र मानिन्छ ।

कृषि उत्पादन र जैबिक बिबिधताका दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने त्रियुगा उपत्यका भित्रको उर्बर भूमि संरक्षणका लागि सरकारी नीति निर्माता तथा योजनाविद्हरुको ध्यान केन्द्रित हुनुपर्ने सरोकारवाला बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);