खेत जोगाउँदा बस्ती जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

खेत जोगाउँदा बस्ती जोखिममा

udayapur-badhi

काठमाडौं, १२ असोज । त्रियुगा नदीको कारण उदयपु त्रियुगा नगरपालिका-६ को ५ सय बढी घर विस्थापितको खतरामा छ। त्रिनपा ६ र ७ को सीमा क्षेत्र त्रियुगा नदीमा एकतर्फी बाँध लगाउँदा झण्डै ५ बिघा खेतीयोग्य जमिनका साथै ५ सय घर परिवार उच्च जोखिमको खतरामा परेका हुन्।

जलउत्पन्न प्रकोप केन्द्रबाट अघिल्लो आर्थिक वर्षमा आएको २ करोड बजेट बस्ती जोगाउनभन्दा पनि पहुँचका आधारमा व्यक्तिको जग्गा संरक्षणमा खर्च हुँदा वोजे, राजदेवी टोल, मोहनपुर र जलजले आसपास क्षेत्रका ५ सय परिवार विस्थापितको संघारमा पुगेका हुन्।

त्रियुगा नदी केहि वर्षयता धार परिवर्तन गरी बस्तीतिर सोझिँदा झण्डै ५० परिवार विस्थापित भइ अन्यत्र सरिसकेका छन्। २ बिघा खेतका धनी उद्धव राउत नदीले सबै जग्गा कटान गरेको कारण विस्थापित भइ चुरिया सामुदायिक वनको शरणमा पुगेका छन्।

राउत मात्र हैन, ३/३ बिघा जमिन भएका पर्शुराम थापा, टेकनारायण चौधरी, १ बिघा जमिन भएका जगतबहादुर खड्का, पदमबहादुर कार्की, कृष्णबहादुर कार्की, भानुभक्त काफ्ले लगायतका ५० घरपरिवार विस्थापित भएको स्थानीय युवा सुवास राउतले बताए। यो समाचार अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);