क्याम्पसको ८२ बिघा जग्गा १० वर्षदेखि कब्जामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

क्याम्पसको ८२ बिघा जग्गा १० वर्षदेखि कब्जामा

mahendra campus jagga kabja

दाङ, ७ भदौ । घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको ८२ बिघा जग्गा १० वर्षदेखि कब्जामा छ । मुक्त कमैया आन्दोलनका बेला क्याम्पसको जग्गा कब्जा भएको थियो । त्रिवि आंगिक क्याम्पसका नाममा करिब ९० बिघा जग्गा थियो । क्याम्पसले ८ बिघामा संरचना तयार गरेर पठनपाठन सञ्चालन गरेको छ । ८२ बिघा खेतीयोग्य जमिन, सुकुम्बासी, भूमिहीनका नाममा ‘कब्जा’ मा रहेको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पसको जग्गामा सुकुम्बासी र मुक्त कमैयाको बस्ती विकास भएको छ ।

‘क्याम्पसले जग्गा फिर्ता गर्न प्रयास गरेको छ । तर फिर्ता हुन सकेको छैन,’ क्याम्पसका सहायक प्रमुख सुदर्शन रिजालले भने, ‘जग्गा फिर्ता गराइदिन जिल्ला प्रशासन र लमही नगरपालिकामा पत्र काटेरका छौं। क्याम्पसको ३५ बिघा जग्गामा अहिले तीन सय बढी घर निर्माण गरेर बसोबास गरिएको छ । अन्य क्षेत्रमा विभिन्न नाममा अतिक्रमण भएको छ ।

महेन्द्र क्याम्पस दाङका प्रशासकीय अधिकृत अनन्त पुनका अनुसार साबिक सोनपुर ५ टिकलीगढमा क्याम्पसको नाममा रहेको कित्ता नं. २८९ को ३५ बिघा ११ कठ्ठा १७ धुर, साबिक सतबरिया ६ रहेको कित्ता न. ४१३ को ३५ बिघा १६ कठ्ठा र सतबरिया १ गणेशपुरको कित्ता नं. ३० को १० बिघा १५ कठ्ठा १६ धुर गरी ८२ बिघा ४ कठ्ठा १३ धुर क्षेत्रफल अतिक्रमण गरी ५ सय घरटहरा निर्माण गरिएको छ । अतिक्रमणसँगै कति जग्गा त गायबसमेत पारिएको छ । ती जग्गा ०६५/६६ सालसम्म क्याम्पस आफैंले भोगचलन गरेको थियो ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);