विचाराधिन मुद्दामा सञ्चार माध्यमले समाचार लेखेकोमा असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विचाराधिन मुद्दामा सञ्चार माध्यमले समाचार लेखेकोमा असन्तुष्टि

om prakash mishra

काठमाडौं, २३ असोज । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधिन मुद्दामा संचार माध्यमले समाचार लेखेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानन्यायाधीश मिश्रले विचाराधिन मुद्दामा समाचार लेख्दा न्यायमा असर परेको र न्यायालयमा क्षति पुगेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

मंगलबार संवैधानिक तथा न्यायिक पत्रकार मंचले दसैं, तिहार, छठलगायतका पर्वको अवसर पारेर काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले अदालतलाई क्षति पु-याउने, मानव अधिकार र न्यायमा असर पर्नेगरी काम गर्न दिनु हुँदैन भन्ने विषयमा आफू सचेत रहेको स्पष्ट पारे ।

प्रधानन्यायाधीश मिश्रले न्याय सेवाको सुधारका लागि सम्बन्धित सबै निकायलाई सहयोग गर्न पनि आह्वान गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);