इमानका साथ काम गर्न कानुन व्यवसायीहरुलाई प्रधानन्यायाधीशको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

इमानका साथ काम गर्न कानुन व्यवसायीहरुलाई प्रधानन्यायाधीशको आग्रह

om prakash mishra

काठमाडौं, १७ मंसिर । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विधिको शासन कायम राख्न इमानका साथ काम गर्न कानुन व्यवसायीहरुलाई आग्रह गरेका छन् । प्रधानन्यायाधीश मिश्रले न्यायको योद्धा बन्नुपर्ने कानुन व्यवसायीहरु आफैंमा इमान्दारिता र आर्दश हराउँदै गएकोमा चिन्ता पनि व्यक्त गरे ।

नेपाल कानुन समाजद्धारा सोमबार ललितपुरमा आयोजित ‘स्वतन्त्र न्यायपालिका र काुननको शासन स्थापनामा वरिष्ठ अधिवक्ता स्वर्गीय कुसुम श्रेष्ठको योगदान’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले समाजका हरेक क्षेत्रमा आर्दश र इमानका कुरा दूलर्भ हुँदै गईरहेका बेला स्वर्गीय श्रेष्ठको जीवनीबाट हरेकले उर्जा लिन सक्ने बताए ।

प्रधानन्यायाधीश मिश्रले वरिष्ठ अधिवक्ता श्रेष्ठले नेपालमा कानुनी राज्य स्थापनाका लागि अतुलनीय योगदान दिएको उल्लेख गर्दै उनले देखाएको बाटोबाट अघि बढ्न सके हरेक नागरिकले न्याय पाउने विश्वास पनि व्यक्त गरे ।

प्रधानन्यायाधीश मिश्रले स्वर्गीय कुसुम श्रेष्ठले नेपालको न्याय क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित गराएको स्मरण गरे । उनले श्रेष्ठले नेपाल बार एशोसिएशनको स्थापनामा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको पनि उल्लेख गरे।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्व सभामख एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले स्वर्गीय श्रेष्ठले नेपालमा स्वतन्त्र न्यायपालिका र कानुनको शासन स्थापनामा पुराएको योगदानको चर्चा गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);