प्रधानमन्त्री ओलीलाई पशुपतिनाथले पनि माफ गर्दैनन् : नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

प्रधानमन्त्री ओलीलाई पशुपतिनाथले पनि माफ गर्दैनन् : नेपाल

काठमाडौं, २८ माघ । दाहाल – नेपाल पक्ष नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले संविधान च्यातेर पाप गरेकोमा पशुपति नाथले पनि माफी नगर्ने बताउनुभएको छ। सो पार्टीले बुधबार आयोजना गरेको सभामा बोल्दै नेपालले यस्तो बताउनुभएको हो ।

‘पाप गर्नेलाई अपराधीलाई सजाँय नदिलाउने ओलीलाई सारा जनता र पशुपतिनाथले धिक्कारी रहेका छन् नेपालले भन्नुभयो। नेपालले आफूहरुले आयोजना गरेको सभा धरहराबाट हेर्नुपर्ने भएको र सारा राज्यसंयन्त्र प्रयोग गरेर गरेको ओलीको सभा सानो भएको बताउनुभयो । उहाँले सभामा मानिस कम आएपछि सो समूहमा निरासा छाएको बताउनुभयो ।

नेपालले निर्वाचन आयोगलाई कुनै अलमलमा नपरि छिटो आधिकारिकताको निर्णय गर्नृपर्ने बताउनुभयो। नेपालले भन्नुभयो‘ हामीसंग ३ सय केन्द्रीय सदस्य छन् , ओलीसँग १ सय’ । नेपालले कोसँग बहुमत रहेछ, हामीसँग मार्चपास गराउन पुग्ने केन्द्रीय सदस्य छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);