देशैभरीका चुनाव क्षेत्रमा ओली पक्षको जमानत जफत हुन्छ : खनाल | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

देशैभरीका चुनाव क्षेत्रमा ओली पक्षको जमानत जफत हुन्छ : खनाल

काठमाडौं, २८ माघ । दाहाल – नेपाल पक्ष नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आउने चुनावमा प्रधानमन्त्री ओली पक्षको देशैभरी जमानत जफल हुने घोषणा गर्नुभएको छ ।

सो पार्टीले बुधबार आयोजना गरेको सभामा बोल्दै खनालले यस्तो घोषणा गर्नुभएको हो। ‘ ओलीजीले आउने चुनावमा दुई तिहाई ल्याउने भन्नुभए छ, त्यो भंगेरका कथा जस्ताो तपाईको खुट्टी हेर्दै पत्याएँ’ खनालले भन्नुभयो।

खनालले देशैभरीका १६५ चुनाव क्षेत्रमा ओलीको जमानत जफत हुने दावी गर्नुभयो। खनालले प्रधानमन्त्री ओलीलाई माक्र्सवाद र विज्ञानमा विश्वास नभएकोले पशुपतिमा गएर संकल्प पुजा गर्न थालेको बताउनुभयो

प्रवक्ता नारायाणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली फासिष्ट भएको र मुलुकमा फासीवाद लाद्ने प्रयास भएको बताउनु भयो। श्रेष्ठले प्रधानमन्त्री ओलीले चुनाव गर्न नभई संविधान ध्वास्त पार्न चुनावको घोषणा गरेको बताउनुभयो। श्रेष्ठले सरकार पक्षको एउटा सानो गुटले पनि आँखा जुधाएर प्रतिनिधिसभा विघटन संवैधानिक भन्न नसक्ने बताउनुभयो।

केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संविधानको चिरहरण गर्नेहरुका विरुद्ध बोल्न पाइने बताउनुभएको छ । विरोध सभामा बोल्दै नेतृ झाँक्रिले संविधानको चिरहण गर्नेहरुका विरुद्ध र सर्वसत्तावादको विरुद्ध बोल्न पाइने बताउनुभएको हो ।

अहिलेको व्यवस्थामा संविधान र कानुनी राज्यको खिलापमा, सेटिङ र बन्द कोठाभित्र भएका अध्यारा षडयन्त्रका विरुद्ध बोल्न पाइने उहाँको भनाई छ । नागरिकले बोल्न पाउने अधिकारलाई कसैले पनि कुण्ठित गर्न नसक्ने उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);