रास्वपाको चामत्कारिक जित, राप्रपाको जमानत जफत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रास्वपाको चामत्कारिक जित, राप्रपाको जमानत जफत

काठमाडौं, १३ वैशाख । पार्टी स्थापनाको एक वर्ष नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले उपनिर्वाचनमा चामत्कारिक जित हासिल गरेको छ । सो दलका सभापति रवि लामिछाने र उपनिर्वाचनको केही दिनअघि मात्रै कांग्रेसबाट रास्वपामा प्रवेश गरेका डा। स्वर्णिम वाग्ले भारी मतान्तरका साथ निर्वाचित हुनुभएको छ ।

गत मंसिर ४ मा भएको आम निर्वाचनमा चितवन–२ बाट ४९ हजार ३ सय मतका साथ निर्वाचित लामिछानेले उपनिर्वाचनमा सोही क्षेत्रबाट आफ्नै पुरानो रेकर्ड तोड्दै ५४ हजार १ सय ७५ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी मानिएका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार १ सय १४ मत ल्याउनुभएको छ । श्रेष्ठलाई ४३ हजार ६१ मतान्तरले पछि पार्दै लामिछानेले जित हासिल गर्नुभएको होे । तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत पाउनुभएको छ ।

मंसिरको निर्वाचनमा राम्रो मतान्तरसहित निर्वाचित लामिछाने एमाले–माओवादी केन्द्रसहितको सात दलीय गठबन्धनमा समावेश भएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गृहमन्त्री बन्नुभएको थियो । उहाँलाई दोहोरो नागरिकता काण्डमा सर्वोच्च अदालतले दोषी ठहर गर्दै नेपाली नागरिकता खारेजसँगै सांसद र मन्त्री पदसमेत खारेज गरेको थियो ।

त्यसपछि पनि गृहमन्त्री नै पाउनुपर्ने दाबी दोहो¥याउँदै आएका लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले मन्त्री बनाउन नसकिने बताएपछि रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिएको थियो । प्रधानमन्त्री दाहालले सत्ता समीकरण परिवर्तन गर्दै दोस्रोपटक विश्वासको मत लिँदासमेत सरकारलाई विश्वासको मत दिएको रास्वपा कांग्रेससहितको आठ दलीय गठबन्धन सरकारमा आउन चाहेको थियो । तर, वर्तमान गठबन्धनले शक्ति बाँडफाँटमा रास्वपालाई भाग नलगाएपछि सरकार बाहिरै रहेर उपनिर्वाचनमा भाग लिएको हो ।

टेलिभिजन सञ्चालक र कार्यक्रम प्रस्तोताको भूमिका छाडेर वि।सं। २०७९ असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेको घोषणा गरेका लामिछानेले असार १७ मा निर्वाचन आयोगमा दल दर्ता गराउनुभएको थियो । त्यस बेला रास्वपामा लामिछानेले २१ सदस्य तदर्थ समिति बनाउनुभएको थियो ।

छोटो समयमा रविले ल्याएको मत परिणाम र उक्त दलप्रति जनताको सहानुभूतिलाई आम नागरिक र अन्य दलहरूले समेत चमत्कारिक जितका रूपमा लिएका छन् । पार्टी निर्माणको ६ महिनामा भएको आम निर्वाचनमा उक्त दलले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सीट गरी संसद्मा २० सिटसहित चौथो दल बनेको थियो ।

डा.स्वर्णिम वाग्ले

लामो समय नेपाली कांग्रेसको राजनीतिसँग नजिक रहेका अर्थविद् डा। स्वर्णिम वाग्लले तनहुँ १ बाट ३४ हजार ९ सय १९ मतका साथ निर्वाचित हुनुभयो । गत फागुन २५ मा कांग्रेसको सदस्यता त्यागेर रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ९७ मतले पछि पार्नुभयो ।

भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गर्नुभयो भने तेस्रो स्थानमा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत ल्याउनुभएको छ । तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन् । आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो । वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गर्दा दोस्रो स्थानमा रहेका भट्टराईले ३० प्रतिशत मत पाउनुभयो भने एमालेका खनालको मत प्रतिशत १३ मा सीमित भयो ।

वाग्ले राष्ट्रिय योजना आयोगको सदस्य भएर दुईपटक काम गर्नुभयो भने कांग्रेसले अर्थविज्ञका रूपमा उहाँलाई विभिन्न जिम्मेवारीहरू दिँदै आएको थियो । गत मंसिरको आम निर्वाचनमा वाग्लेले कांग्रेसको घोषणापत्र निर्माण समितिमा बसेर काम गर्नुभएको थियो । उहाँले त्यसबेला नै टिकटको दाबी गर्दा पार्टी सभापति शेरबहादुर देउवाले टिकट नदिएपछि उहाँ कांग्रेसप्रति रुष्ट हुँदै आउनुभएको थियो ।

मंसिर ४ को निर्वाचनमा तनहुँ–१ मा कांग्रेसबाट २५ हजार ३ सय ६१ मतका साथ रामचन्द्र पौडेल निर्वाचित भएका हुनुभएको थियो । एमालेका एकबहादुर राना मगरले १९ हजार ९ सय ८१, स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए । पौडेल राष्ट्रपति बनेपछि उक्त क्षत्रमा उपनिर्वाचन भएको हो ।

राप्रपाको जमानत जफत

वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट राजसंस्थासहितको हिन्दु राज्य र प्रदेश खारेजीको मुद्दा बोकेको पुरानो दल राष्ट्रिय प्रजातन्त्र पार्टीको जमानत जफत भएको छ भने रास्वपाले एक सिट बोनस पाएको छ । चितवन, वारा र तनहुँका तीनवटा निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा २ स्थानमा जितेसँगै रास्वपाको सांसद संख्या २१ पुगेको हो । यसअघि उक्त दलले प्रतिनिधिसभामा २० सिट जिते पनि लामिछानेको सांसद पद खारेजीसँगै १९ सिटमा झरेको थियो । उपनिर्वाचन भएको तीनवटै निर्वाचन क्षेत्र चितवन–२, बारा २ र तनहुँ–१ मा राप्रपाको भने जमानत जफत भएको छ । तनहुँ– १ मा राप्रपाकी शोभा गुरुङले जम्मा २ सय १८ मत मात्र पाउनुभएको छ । मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा तनहुँमा राप्रपाका विनोदकुमार घर्तीले २ हजार ४ सय ४८ मत पाउनुभएको थियो ।

यस्तै, चितवन–२ मा पनि राप्रपाले आम निर्वाचनको भन्दा ५ सय बढी मत गुमाएको छ । उक्त क्षेत्रमा राप्रपाका जीवलाल पुरीले ३ सय ६१ मत मात्र पाउनुभयो । गत आमनिर्वाचनमा राप्रपाका रविन अधिकारीले ९ सय ५५ मत ल्याउनुभएको थियो । बारा–२ मा पनि राप्रपाको मत घटेको छ । बारामा राप्रपाका उम्मेदवार सोनालालप्रसाद साह तेलीले सय मत कटाउन सक्नुभएको छैन । गत आमनिर्वाचनमा राप्रपाकै उम्मेदवार रहेका तेलीले ४ सय ६९ मत पाउनुभएको थियो ।

सिङ्गो देश परिवर्तनको पक्षमा : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिङ्गो देश परिवर्तनको पक्षमा देखिएको बताउनुभएको छ । चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा फराकिलो मतान्तरले विजयी बनेका लामिछानेले धन्यवाद सभालाई सम्बोधन गर्दै जनताले दिएको मत परिवर्तनको बिगुल भएको बताउनुभयो ।

जनता अन्यायमा परे, भ्रष्टाचार बढ्यो भन्दा नसुनेपछि आफू चुनावी मैदानमा आउनुपरेको भन्दै उहाँले जनताको मतको कदर गर्दै अन्यायमा पर्न नदिने बताउनुभयो । सामान्य त्रुटिका कारण पाँच वर्षका लागि पाँच महिनाअघि निर्वाचित भएर गए पनि पुनः मत माग्न आउनुपरेको भन्दै उहाँले जनताको अदालत सबैभन्दा ठूलो अदालत भएको बताउनुभयो । विकास निर्माणमा आफूले कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताउँदै संसद्मा रहँदा देशको सुशासन, गरिबी, अशिक्षा ,भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताउनुभयो ।

सुरुवातीको वर्ष विकासका योजना निर्माणमा लाग्ने र अन्य वर्षमा देखिने गरी विकासका कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ थियो । उहाँले प्रतिस्पर्धी उम्मेदवार र उहाँका मतदातालाई समेत आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘निर्वाचनको समयमा केही कमी कमजोरी भए क्षमा चाहन्छु । नयाँ दल भएकाले राजनीतिक अभ्यास सिक्दै गरेका छौँ । गल्ती भए माफ गर्नुहोला ।’ नेपाली जनताले स्वर्णिम युगको खोजी गरिरहेको संकेत उपनिर्वाचनबाट दिएको उहाँको भनाइ थियो । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);