रंगपुर नयाँबस्ती कटानीमा अनुगमन गर्दा लापरवाही, स्थानीय निकाय मौन | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

रंगपुर नयाँबस्ती कटानीमा अनुगमन गर्दा लापरवाही, स्थानीय निकाय मौन

रौतहट, २३ माघ । रौतहट जिल्लाको गुजरा नगरपालिकामा शिक्षाको अवस्था बुझन अनुगमन गर्न पत्रकारको टीम सहित युवा सामाजिक अभियन्ता अब्दुल सलाम सहित पुग्दा श्री मा.वि. रंगपुर नयाँबस्ती कटानी वडा नम्बर २ मा लापरवाही भएको छ ।

गुजरा नगरपालिका वडा नम्बर २ श्री मा.वि. रंगपुर नयाबस्ति कटानीमा लापरवाही भई रहेको स्थानिय अवदुल सलामले जानकारी दिएका छन् । विद्यालयमा चर्पी , खानेपानीको व्यवस्था, विद्युतिय व्यवस्था , खेलकुद व्यवस्था, साईन्स ल्याब , पुस्तकालय , कक्षाकोठा व्यवस्थापन , बेच्न , झ्याल , ठोका , लगायत दक्ष शिक्षक शिक्षिकाहरु को अभाव भएको जानकारी दिएका छन् । 

नगरपालिकाले सूचना न दिई कन आफ्नो मन मौजिले विद्यालयमा विधा दिएका छन । आज हडताल हो भनेर विद्यार्थीहरुलाई विधा दिएर प्र. अ. सुनिल कुशवाहा आफ्नो प्रस्नल कार्यले जता त्यतै निस्केका थिए ।हामीले विद्यालयमा बोलाए पछि उहाले भन्नु भयाे सोमबार आउनु म व्यस्त छु । जे सोध्नु छ जे कुरा गर्नु छ त्यही दिन गर्नु होला भने कुशवाहाले भनेका छन। फोन गर्दा राम्रो सङ्ग कुरा न गर्ने र पछि हेलो हेलो भनेर फोन काट्ने पछि पटक पटक फोन गर्दा पनि न उठाउने भने हामी आफै त्याहा पुगेर जानकारी लिएका थियौं । 

सहायक प्र. अ. मनोज पटेललाई फोन गर्दा उहाँ ले भन्नु भो कि जे कुरा गर्नु छ । चन्द्रनिगहपुर मा आएर कुरा गर्नु मलाई फुर्सत छैन भनेर भन्नु भयो । गुजरा नगरपालिका को शिक्षा प्रमुख शिवमंगल कुशवाहा लाई सम्पर्क गर्दा उहाले भन्नु भयाे की आज कुनै विद्यालय बन्द छैन भने भन्नु भयो । विद्यालय बन्द किन गरेको छ भने हामीलाई जानकारी छैन भने भन्नु भयाे ।

स्थानिय बासिको भनाइ अनुसार लक डाउनको अवस्थामा नी २ जना शिक्षकलाई भर्ती गरेका छन।त्यो पनि  बिना विज्ञापन पत्र निस्काई यो कुन नियम मा पर्छ । कहाको कानुनमा छ र विद्यालय जसलाई हामी मन्दिर मान्छौं त्याहा गाजा खानु , छत माथि कागज , पराल जस्तालाई लगेर आगो बालेर तापनि के यो विद्यालय हो या धर्मशाला विद्यालय पछाडि थास खेल्नु के यो सुहाउँछ भने स्थानिय आकोर्स व्यक्त गरेका छन ।

अब्दुल सलाम का भनाइ अनुसार समाजमा हाम्रो शिक्षाको अतिनै आवश्यकता रहेको छ । यति आवश्यकता भएर पनि याहा लापरवाही भएको छ । यदि यही +2 विज्ञान पढाई हुँदा विद्यार्थीहरुलाई बाहिर त्यति लगानी लगाएर जानु पर्दैन थियो । माघ १५ गते नगरपालिका लाई ज्ञापनपत्र बुझाउँदा पनि नगरपालिकाले केही चासो न लिए पछि आफैं पत्रकारको टोली लिएर अनुगमन गर्न  आएका छु भने सालामले जनाएका छन । उक्त अनुगमन युवा अभियन्ता अब्दुल सलाम को अध्यक्षता भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);