नेकपाको ओली पक्षद्वारा आज विराटनगरमा आमसभा गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेकपाको ओली पक्षद्वारा आज विराटनगरमा आमसभा गर्दै

काठमाडौं, ८ फागुन । प्रदेश १ को राजधानी विराटनगरमा आज नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली पक्षले बृहत आमसभा गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रदशे १ मा आज ओली पक्षले प्रदर्शन र आमसभा गर्न लागेको हो ।

सरकारको नेतृत्व गरिरहेको ओली पक्षले प्रदर्शन र जनसभामार्फत वैशाख १७ र २७ गते घोषणा गरिएको आमनिर्वाचनको सन्देश दिने बताइएको छ । विराटनगर महानगरपालिका–२ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा हुने जनसभामा आवश्यक तयारी र व्यवस्थापनका सबै काम पूरा भइसकेको आयोजकले जनाएको छ ।

आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली लगाएत गृहमन्त्री रामबहादुर थापा, सुभासचन्द्र नेम्वाङ र प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा विघटनपछि दुई समूहमा विभाजन भएको नेकपाले आमसभा र विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएका छन् ।

यदपी विघटनको मुद्दाको बहस सर्वोच्च अदालतमा चलिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);