नेकपाको ओली पक्षमै फर्किए शेरबहादुर तामाङ र उषाकला राई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेकपाको ओली पक्षमै फर्किए शेरबहादुर तामाङ र उषाकला राई

काठमाडौं, ८ फागुन । पूर्वमन्त्री शेरबहादुर तामाङले आफू नेकपाको ओली पक्षमा रहेको प्रष्ट पारेका छन् । पत्नी उषाकला राईसहित उहाँ दाहाल–नेपाल पक्ष छोडेर ओली पक्षमा लागेका हुन् ।

शुक्रबार तामाङ र राईको प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेललगायत नेताहरूसँग तीन घण्टा छलफल चलेको थियो । सो छलफलपछि उहाँहरुले आफ्नो कित्ता प्रष्ट पारेको बुझिएको छ ।

प्रतिनिधि सभा विघटनपछि नेकपामा स्पष्ट रुपमा दुई पक्ष देखिएको थियो । सो सँगै नेकपाका नेताहरुले आफ्नो लाइन प्रष्ट पार्ने क्रम जारी छ ।

ओली पक्षमा लागेका तामाङ र राईले नेकपाको ठूलो समूह ओली पक्षमा आउने तयारी रहेको समेत बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);