स्वास्थ्य उपचारपछि नेकपा नेता खनाल आज स्वदेश फर्किदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

स्वास्थ्य उपचारपछि नेकपा नेता खनाल आज स्वदेश फर्किदै

काठमाडौं, ८ फागुन । आन्दोलनरत नेकपा दाहाल नेपाल पक्षका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल उपचारपछि भारतको नयाँ दिल्लीबाट आज स्वदेश फर्किदै छन् ।

उपचारका लागि गत माघ ३० गते दिल्ली जानु भएका खनालको साथमा उनकी धर्मपत्नी रविलक्ष्मी चित्रकार पनि छिन् । खनालले नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराएका थिए ।

शरीर काँप्ने रोगबाट पीडित खनालले यसअघि अमेरिका र चीनमा उपचार गराएका थिए । चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण खनाल यसपटक दिल्ली गएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);