प्रदेशमा भएको आक्रमण परास्त गर्ने मुख्यमन्त्री राईको उद्घोष | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रदेशमा भएको आक्रमण परास्त गर्ने मुख्यमन्त्री राईको उद्घोष

विराटनगर, ८ फागुन । प्रदेश १ मुख्यमन्त्री शेरधन राईले प्रदेशमा गरिएको आक्रमण सहज ढंगले परास्त गरिने उद्घोष गर्नुभएको छ ।

नेकपा ओली पक्षको प्रदेश १ ले विराटनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो उद्घोष गरेका हुन् ।

‘ अहिले प्रदेशमा भाँजो हाल्न खोजिएको छ । प्रदेशमा गरेको आक्रमण सहज ढंगले परास्त गरिनेछ । हाम्रो यात्रा निरन्तर अगाडि बढ्ने छ,’ उनले भने ।

उनले प्रधानमन्त्रीको ताजा जनादेशमा जाने निर्णय सही र लोकतान्त्रिक भएको तर्क राखे । प्रतिनिधि सभा विघटनपछि नेकपा दुई पक्षमा विभाजित भएको छ । विभाजित दुबै पक्षबीच प्रदर्शनको होडबाजी चलिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);