प्रधानमन्त्रीप्रति धेरै विश्वास छ, देश चुनावमा गयो : नेता नेम्वाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्रीप्रति धेरै विश्वास छ, देश चुनावमा गयो : नेता नेम्वाङ

विराटनगर, ८ फागुन । नेकपा ओली पक्षका नेता सुवास नेम्वाङले सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनको कदम सदर गर्ने कुरामा प्रधानमन्त्री २ सय प्रतिशत विश्वस्त रहेको बताएका छन् ।

विराटनगरमा शनिबार ओली समूहको आमसभालाई सम्बोधन गर्दै नेम्वाङले सर्वाेच्चको फैसला आउन फागुन ११ देखि १५ गते नकट्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले सदर गर्ने दाबी गरेका छन् ।

नेता नेम्वाङले निर्वाचनको माहोल सुरु भईसकेकाले सबै आआफ्नो क्षेत्रबाट आबश्यक तयारी गर्न अनुरोध आव्हान गरे ।

उनले भने, ‘हामीलाई हाम्रो प्रधानमन्त्रीप्रति अति धेरै विश्वास छ । त्यसैले अब देश चुनावमा गयो । निर्वाचनको माहोल सुरु भईसकेको छ, आफ्नो गाउँ, वडा, र क्षेत्र बाट अवश्यक तयारी सुरु गनहोस् ।’

अदालतमा विचाराधीन मुद्दामा विपक्षीहरूले बोलेकोप्रति असन्तोष प्रकट गरेका उनले प्रधानमन्त्रीले मुद्दाबारे दिएको अभिव्यक्तिको भने समर्थन गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);