भक्तपुर उद्योग वाणिज्यले गरयो सहकार्यको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भक्तपुर उद्योग वाणिज्यले गरयो सहकार्यको प्रस्ताव

भक्तपुर। उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले भक्तपुर जिल्लाको आर्थिक समृद्धिको लागि स्थानीय निकाय र निजी क्षेत्रले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् । जिल्लाको मध्यपुर थिमि तथा चाँगुनारायण नगरपालिकाका प्रमुख एवं उपप्रमुखको सम्मानमा संघले गरेको सम्मान तथा बधाई कार्यक्रममा अध्यक्ष मानन्धरले यसका लागि संघ तयार रहेको बताए ।
विगत ५५ वर्षदेखि जिल्लाको उद्योग व्यवसायको विकास एवं प्रबद्र्धनका लागि क्रियाशील संघले कृषि, हस्तकला र पर्यटनको क्षेत्रको विकासका लागि सहकार्य गर्न दुवै नगरपालिकाहरुको सहयोगको लागि उनले आव्हान गरे ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पर्यटनको विकासका लागि आफ्नो नगरपालिकामा पनि ठोस कार्य योजना तयार गर्न लागेको बताए । उनले आगामी दिनहरुमा उद्योग वाणिज्य संघसंग सहकार्य गर्दै अघि बढ्न सकिने बताए ।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले आफू पनि नगर तथा यहाँका जनताहरुको समृद्धि र विकासको लागि प्रयत्नशील रहेको हुनाले लामो इतिहास बोकेको भक्तपुर उद्योग वाणिज्य संघसंग मिलेर नगरको उद्योग व्यवसायको हितमा काम गर्न इच्छुक रहेको विचार व्यक्त गरे । कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जा र उपाध्यक्ष कृष्णमुरारी न्यौपानेले पनि जिल्लाको आर्थिक विकासमा नगरपालिका र संघबीच सहकार्य गर्न सकिने विषयमा विचार राखेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);