तानसेनमा ट्रकको ठक्करबाट पैदलयात्रु घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तानसेनमा ट्रकको ठक्करबाट पैदलयात्रु घाइते

पाल्पा, ९ मंसिर । पाल्पा सदरमुकाम तानसेनमा मंगलबार दिउँसो ट्रकले पैदलयात्रुलाई ठक्कर दिएको छ । ट्रकको ठक्करबाट पैदलयात्रु गुल्मी रुरु गाउँपालिका –६ का ४६ वर्षीय गोपाल रेग्मी घाइते हुनुभएको छ । उहाँको युनाईटेड मिशन अस्पतालमा उपचार भईरहेको छ ।

गुल्मीतर्फ जाँदै गरेको लु २ ख ११२० नम्बरको मालवाहक ट्रकले तानसेनको टक्सारटोल मोडमा दिउँसो २ बजेको समयमा पैदल यात्रुलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार घाईते रेग्मीको अवस्था मध्यम छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);