बर्दिबासमा गोली चल्यो, ३ जना घाइते, २ जनाको अवस्था गम्भीर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बर्दिबासमा गोली चल्यो, ३ जना घाइते, २ जनाको अवस्था गम्भीर

बर्दिबास, ९ मंसिर । बर्दिबासमा शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कार गरेर हत्या भएपछि आरोपीलाई कडा कारवाहीको माग गर्दै स्थानीयले बिहानै देखि गरेको उग्र प्रदर्शन नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागि संजय नेउपाने र श्याम कार्कीको अवस्था गम्भीर बनेका छन् । थप एक जना अफताब आलम रहेका छन् । उनिहरुको उपचार शुभ स्वस्तिक अस्पतालमा भइरहेको छ ।

यस अघि गोली लागि घाइते हुनेमा स्थानिय युवा संजय नेउपाने रहेको छ । घाइतेको उपचार वर्दिवास स्थित पिनाकल हस्पिटलमा भइरहेको छ । नेउपानेको तिघ्रामा लागेको गोली आरपार भएर छिरेको र विरामी अवस्था गम्भिर रहेको उपचार संलग्न डा। इश्वर काकीले बताउनुभयो ।

प्रदर्शनकारीहरुले निरन्तर प्रदर्शन गर्दै ढुंगामुढा गरेपछि प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्नुको साथै हवाइ फायर गरे पछि नेउपानेलाई गोली लागेको छ ।

भीड नियन्त्रणमा लिन हवाइ फायर गरेको भए पनि कति राउन्ड हवाइ फायर भएको एकिन नभइसकेको इलाका प्रहरी कार्यलय बर्दिबासका डीएसपी राजन चापागाइँले जानकारी दिए। प्रदर्शन स्थलमा भीडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);