संघ, प्रदेश र स्थानीय तहका अस्पतालमा ६ हजार बेड थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संघ, प्रदेश र स्थानीय तहका अस्पतालमा ६ हजार बेड थप

काठमाडौं, १२ भदौ । देशभरी कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएपछि सरकारले संघ, प्रदेश र स्थानीय तहका अस्पतालमा गरी ६ हजार भन्दा बढी बेड थप गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केन्द्रीय अस्पताल, प्रदेश र पालिका तहमा गरी ६ हजार २ सय २ वटा बेड थप गरिएको हो । केन्द्रीय अस्पतालमा १ हजार, प्रादेशीक अस्पतालमा १ हजार ९ सय ५७ बेड थप भएको मन्त्रालयले जनाएको छ ।

यस्तै विभिन्न ६ सय ४९ पालिकामा ३ हजार २ सय ४५ वटा बेड थप भएका छन् । अस्पतालहरु नभएका प्रत्येक पालिकामा ५ वटा बेड थप गरिएको जनाइएको छ । हरेक अस्पतालमा जनशक्ति सहित बेड थप भएका हुन् ।

यसै गरी सरकारले थप ३ वटा अस्पताललाई कोरोना अस्पतालमा सूचीकृत गरेको छ । वीरगञ्जको नेशनल मेडिकल कलेज, काठमाडौंको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोरोना अस्पतालमा सूचीकृत गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);