प्रदेश २ मा ३ सय आइसोलेशन बेड थप्ने प्रदेश सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेश २ मा ३ सय आइसोलेशन बेड थप्ने प्रदेश सरकारको निर्णय

जनकपुरधाम, ६ जेठ  । प्रदेशमा कोरोना संक्रमितको चाप बढन थाले पछि प्रदेश सरकारले ३ सय ५ आइसोलेशन बेड थप्ने निर्णय गरेको छ ।मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय निर्देशन एवं समन्वय समितिको आज सम्पन्न बैठकले कोरोना संक्रमितहरुको संख्या बढने सम्भावना लाई दृष्टिगत गर्दै प्रदेशको विभिन्न स्थानमा गरि ३ सय ५ आइसोलेशन बेड थप्ने निर्णय गरेको छ ।

हाल संचालनमा रहेको कोरोना अस्पतालको आइसोलेशन बेडका अतिरिक्त सिरहा अस्पतालमा ५० बेड , सिरहा अस्पतालको मातहतमा रहने गरि महेन्द्र गेनाइ अस्पतालमा ३० बेड, गौर अस्पतालको मातहतमा रहने गरि गौर नरसिंह इन्स्टिच्युटमा ३० बेड, पोखरिया अस्पताल पर्सामा २५ बेड, भारदह अस्पतालमा सप्तरीमा ५० बेड, मलंगवा अस्पतालको मातहतमा रहने गरि अन्त अल्पमाई रामनारायणयादव नर्सिंग कलेजमा २५ बेड, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको मातहतमा रहने गरि साइकृष्ण मेडिकल हातामा ५० बेड र बर्दीवास अस्पतालमा ५० बेड थप गर्ने निर्णय गरेको छ ।

बैठकले आर टी पिसिआर ल्याब स्थापना तथा संचालनका लागि आवश्यक सुझाव सल्लाह, प्राविधिक सहयोग र समन्वय तथा सहजीकरणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौका पूर्व निर्देशक डा. राजकुमार महतोलाई विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

बैठकले प्रदेशमा जारी कोरोना परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित पक्षलाई निर्देशन दिने एवं आइसोलेशन तथा क्वारेन्टाइनमा रहेका संक्रमित एवं शंकास्पदहरुको खाना तथा खाजाको प्रदेश स्तरीय एउटै मापदण्ड बनाएर उपलब्ध गराउने निर्णय समेत गरेको छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);