३ वर्षीय बालकमा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

३ वर्षीय बालकमा कोरोना संक्रमण

coronavirus test

काठमाडौं, ७ जेठ । काठमाडौं बस्दै आएको ३ (तीन) वर्षीय एक बालकमा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । उनका स्थायी घर लमजुङ भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार कोरोना संक्रमणबारे जानकारी दिने क्रममा लमजुङको एक व्यक्तिमा कोरोना देखिएको जानकारी दिएको थियो । नेपालमा कोरोनाबाट पहिलोपटक लमजुङका १ जनामा संक्रमण देखिएको हो । जानकारी आएपछि तीव्र खोजी भएको थियो ।

कोरोना संक्रमण हुन सक्ने आशंकमा शुक्रराज ट्रपिकल अस्पतालमा परीक्षण गर्दा ती ३ वर्षीय बालकमा कोरोना संक्रमण भएको हो । ती बालक हाल काठमाडौं महानगरपालिका वडा नं। १६, वनस्थली बस्दै आएको छ । बालकको परिवार कहिलेदेखि काठमाडौं बस्दै आएको भन्ने नखुले पनि पछिल्लो समय लमजुङ नआएको बुझिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);