थप १२ सय २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

थप १२ सय २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३ हजार नाघ्यो

काठमाडौं, २७ भदौ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५३ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार थप १२ सय २ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको हो ।

शनिबार देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ६० जना रहेकोमा संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय ३२, प्रदेश नम्बर २ मा ८ सय ५७, बागमती प्रदेशमा ५ हजार १ सय ४६ र गण्डकी प्रदेशमा ८ सय ३० जना संक्रमित उपचाररत छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ६३, कर्णाली प्रदेशमा २ सय ४९ र सुदूरपश्चिम प्रदेशमा ४ सय २० गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार १ सय ७ जना उपचाररत रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३३, प्रदेश नम्बर २ मा १ हजार ५ सय ४५, बागमती प्रदेशमा २ हजार ५ सय १७ र गण्डकी प्रदेशमा ७६ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ५४, कर्णाली प्रदेशमा १ सय २ र सुदूरपश्चिम प्रदेशमा २ सय २६ जना गरी देशभरी ६ हजार १ सय ५३ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै आज आइसियुमा १ सय ६० र भेन्टिलेटरमा २४ जना संक्रमित उपचाररत रहेका छन् ।

शनिबार ८ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ३ सय ९०, प्रदेश नम्बर २ मा १० हजार ५ सय २३, बागमती प्रदेशमा ६ हजार ८ सय २० र गण्डकी प्रदेशमा २ हजार १ सय ९९ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ३ सय १२, कर्णाली प्रदेशमा २ हजार ४ सय ८४ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ७ सय ९६ जना गरी आजसम्म ३७ हजार ५ सय २४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);