स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढी रहेको छ : स्वास्थ्य मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढी रहेको छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणले अति प्रभावित जिल्लाहरुमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेको बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक अपिल जारी गर्दै नेपालमा कोरोनाले अति प्रभावित जिल्लाहरुमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलने दर डरलाग्दो गरी बढी रहेको जानकारी गराएको छ ।

ती जिल्लाहरुमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमित संख्या बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भई सकेको बताउँदै स्वास्थ्य मन्त्रालयले सबै नागरिकहरुलाई संवेदनशील हुन अपिल गरेको हो ।

संक्रमण रोकथाका जनस्वास्थ्य मापदण्डहरु अपनाउनुनै उत्तम उपाय भएको बताउँदै स्वास्थ्य मन्त्रालयले सबैलाई सो पालनाको लागि अपिल गरेको छ ।

मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई अति प्रभावित जिल्लामा राखेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);