असन्तुष्ट पक्षलाई पेलेरै अघि बढ्ने दाउमा देउवा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

असन्तुष्ट पक्षलाई पेलेरै अघि बढ्ने दाउमा देउवा

deuwa

काठमाडौं,७ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रका असन्तुष्ट पक्षलाई पेलेर अघि बढ्ने भएका छन् ।प्रधानमन्त्री समेत रहेका सभापति देउवाले शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकमा पार्टीका विभिन्न गुट र उपगुटले उठाएका मागलाई बेवास्ता गर्दै अघि बढ्ने संकेत गरेका हुन् ।

बैठकमा दर्जनभन्दा बढी नेताले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउन विधि र विधानसहित विभिन्न माग र सुझाव दिएका थिए ।तर देउवाले उनीहरुको माग र सुझावलाई केन्द्रीय समिति बैठकमा सम्बोधन नै गरेनन् । त्यसैले देउवा असन्तुष्टको माग कार्यान्वयन नगरी अघि बढ्न लागेका हुन् ।आजको नागरिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);