शव जलाउने विषयमा विवाद हुँदा रौतहटमा ३२ राउण्ड हवाई फायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

शव जलाउने विषयमा विवाद हुँदा रौतहटमा ३२ राउण्ड हवाई फायर

रौतहट, १० असोज । रौतहटको श्रीपुरमा रहेको ढोरा नदीको किनारमा शव जलाउने क्रममा गाउँलेबीच विवाद हुँदा प्रहरीले ३२ राउण्ड हवाई फायर गरेको छ ।

रौतहटको गरुडा नगरपालिक –९, स्थित श्रीपुरका ६५ बर्षीय रामप्रित सहनीको मृत्यु भई शव जलाउने क्रममा गाउँलेबीच बिवाद भएको हो । दुवैपक्षबीच झडप हुँदा प्रहरीले बुधवार दिउँसो ३२ राउण्ड भन्दा बढी हवाइ फायर र २९ सेल अश्रु ग्याँस प्रहार गरेको छ ।

झडपमा केही स्थानीय घाइते भएका छन् । झडपमा प्रहरी सहायक निरीक्षक बिश्वनाथ यादव समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । केही दिन अघि पनि सोही स्थानमा शव जलाउने क्रममा बिवाद हुँदा जनप्रतिनिधी, स्थानीय प्रशासन र स्थानीयबीच छलफल भई शव अन्यत्र जलाउने सहमती भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);