जापानका प्रधानमन्त्री सिन्जो आबे राजीनामा दिँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जापानका प्रधानमन्त्री सिन्जो आबे राजीनामा दिँदै

एजेन्सी, १२ भदौ । जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिने घोषणा गर्ने तयारी गर्नुभएको छ । स्वास्थ्यमा समस्याका कारण आबेले शुक्रबार राजीनामा दिने घोषणा गर्ने जापानी सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री सिन्जो आबे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति हुनुहुन्छ । उहाँ सन् २००६ देखि सन् २००७ सम्म पनि प्रधानमन्त्री हुनुभएको थियो ।

तर आवेले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै उहाँले स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिनुभएको थियो । सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री हुनुभएका आवेले लगातार आठ वर्ष सत्ता चलाउनुभयो । ६५ बर्षिय अबे पछिल्लो समय नियमित अस्पताल जानथालेपछि उहाँको स्वास्थ्यका सम्बन्धमा अनेकौं अडकलबाजी भइरहेको थियो । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा पनि आबेको आलोचना भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);