जापानको नयाँ प्रधानमन्त्री योसिहिडे सुगा बन्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जापानको नयाँ प्रधानमन्त्री योसिहिडे सुगा बन्ने

एजेन्सी, २९ भदौ । योसिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको छ । जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी एलडीपीले सोमबार निवर्तमान प्रधानमन्त्री सिन्जो आबेको उत्तराधिकारीको रुपमा नयाँ नेता चयन गरपछि सुगा नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

जापानको मन्त्रीपरिषदका मुख्य सचिव रहनु भएका २ जना प्रतिष्पर्धी किनिदा फुमियो र शिगेरु इशिवालाई पाखा लगाएर सुगा एलडीपीको नेता चयन हुनु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । जापानको संसदमा प्रधानमन्त्री पदको लागि बुधबार मतदान हुदैछ ।

जापानको संसदमा सत्तारुढ एलडीपी पार्टीको बहुमत रहेकाले सुगाले जित्ने पक्का छ । नयाँ प्रधानमन्त्रीले सन् २०२१ को सेप्टेम्बरमा हुने निर्वाचनसम्म आफ्नो कार्यभार सम्हाल्ने बताइएको छ । गत महिना प्रधानमन्त्री सिन्जो आबेले आफ्नो कमजोर स्वास्थ्यको कारण देखाउँदै राजिनामा दिनुभएको थियो । आबेको निकट मानिएका सुगाले बाँकी कार्यकालमा आबेकै नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);