कोरोना नियन्त्रणका लागि इजरायलले पुनः तीन हप्ताका लागि लकडाउन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोना नियन्त्रणका लागि इजरायलले पुनः तीन हप्ताका लागि लकडाउन गर्ने

एजेन्सी, २९ भदौ । कोरोना भाइरस नियन्त्रणका लागि इजरायलले पुनः लकडाउन लागू गर्ने भएको छ ।

कोरोना संक्रमणको दर बढ्दै गएपछि यहुदी नयाँ वर्षदेखि देशभर पहिलाको भन्दा थप कडाइका साथ लकडाउन गर्न लागिएको हो ।

प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले लकडाउनको विकल्प नभएको बताउँदै यसलाई वेवास्ता गरेमा महँगो मूल्य चुकाउनु पर्ने बताउनु भएको छ ।

आगामी शुक्रबारदेखि लागू हुने लकडाउन तीन हप्तासम्म गर्ने त्यहाको सरकारले घोषणा गरेको छ ।

इजरायलमा दैनिक ४ हजार नयाँ संक्रमित थपिइरहेका छन् भने ११ सय ८ जना संक्रमितको मृत्यु भएको छ । संक्रमितको संख्या १ लाख ५३ हजार छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);