किसान आन्दोलनमा हिंसा भड्काएको भन्दै सिंघु नाकाबाट ४४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

किसान आन्दोलनमा हिंसा भड्काएको भन्दै सिंघु नाकाबाट ४४ जना पक्राउ

एजेन्सी , १७ माघ । भारतमा जारी किसान आन्दोलनमा हिंसा भड्काएको भन्दै दिल्ली छिर्ने सिंघु नाकाबाट ४४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एकजना प्रहरीमाथि तरबार प्रहार गर्ने व्यक्ति भएको सरकारी निकायले दावी गरेको छ ।

पक्राउ परेकामाथि सरकारी पक्षले दंगा भड्काउने र हत्या गर्ने प्रयास गरेको आरोप लगाएको छ । सरकारले ल्याएको ३ वटा कृषि कानुनका विरोधमा भारतमा झण्डै ३ महिनादेखि किसानहरु आन्दोलनमा रहेका छन् । पञ्जाबबाट सुरु भएको किसान आन्दोलन भारतीय गणतन्त्र दिवसका दिन हिंसात्मक बनेको थियो ।

राजपथमा सैनिक परेड भइरहेकै बेला किसानहरूले लालकिल्लामा किसान परेड गरेका थिए । तर, सत्तारुढ भारतीय जनता पार्टीले आन्दोलनमा घुसपैठ भएको र आन्दोलनकारीलाई थप उत्तेजित बनाउँदै हिंसाको स्थिति निम्त्याएको आरोप लगाएको थियो ।

गाजीपुरमा २८ जनवरीको रातबाट किसानहरु आन्दोलनका लागि भेला हुने क्रम शनिबारसम्म पनि जारी रहेको छ । पश्चिमी यूपीबाहेक दिल्लीबाट पनि किसानहरु जम्मा भईरहेका छन् । हाल प्रदर्शन शान्तिपूर्ण रहेको छ ।

Leave a Reply