कोरोना भाइरसको संक्रमण १ सय २३ मुलुकमा, मृत्यु हुनेको संख्या ४ हजार ६ सय नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कोरोना भाइरसको संक्रमण १ सय २३ मुलुकमा, मृत्यु हुनेको संख्या ४ हजार ६ सय नाघ्यो

एजेन्सी, २९ फागुन । कोरोना भाइरसको संक्रमण १ सय २३ मुलुकमा फैलिदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय नाघेको छ । विश्वस्वास्थ्य संगठनका अनुसार बुधबारसम्म ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ ।

संक्रमित १ लाख २६ हजारमध्ये ६८ हजार भन्दा बढि निको भएर घर फर्किएका छन् । ५३ हजार २ सय २७ जनाको उपचार जारी छ । त्यसमध्ये ५ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म ३१ सय ६९ जनाको चीनमा मृत्यु भएको छ भने इटालीमा ८ सय २७ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसको संक्रमणकै कारण इरानमा ३ सय ५४ जनाको, दक्षिण कोरियामा ६०, स्पेनमा ५५, फ्रान्समा ४८, अमेरिकामा ३८, जापानमा १५, बेलायतमा ८, नेदरल्याण्डमा ५, स्विटजरल्याण्डमा ४, जर्मनी र बेल्जियममा ३/३ जनाको मृत्यु भएको छ ।

हाल १ सय २३ भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिएको र ४ हजार ६ सय भन्दा बढीले ज्यान गुमाएपछि कोरोनाभाइरसको संक्रमणलाई विश्वस्वास्थ्य संगठन डब्लूएचओले विश्वव्यापी महामारीको घोषणा गरेको छ ।

डब्लुएचओले पत्रकार सम्मेलन गर्दै चीनको वुहानबाट फैलिएको भाइरसको संक्रमण पछिल्लो समय भयावह भएको भन्दै कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेको हो ।

संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलनमा भाइरसको बढ्दो प्रभावलाई लिएर विश्व चिन्तित भएको भन्दै यसको रोकथामको लागि सबै सचेत हुनुपर्ने बताए ।

भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन समेत आग्रह गरिएको छ । उनले कोरोना भाइरस नियन्त्रणको लागि उचित कदम चाल्न सबै देशका सरकारलाई आग्रह समेत गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);