अमेरिकामा युरोपबाट हुने हवाई उडानमा प्रतिबन्ध, भारतमा सबै भिसा निलम्बन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

अमेरिकामा युरोपबाट हुने हवाई उडानमा प्रतिबन्ध, भारतमा सबै भिसा निलम्बन

trump tv address

एजेन्सी, २९ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमन रोक्ने प्रयासमा युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका निम्ति रोक लगाएका छन् । बिहिबार टेलिभिजन सम्बोधनमार्फत ट्रम्पले घोषणा गरेको नियम बेलायतको हकमा भने लागु नहुने अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधीबाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरिएको छ । मुलुक भर नै आवत जावतमा रोक लगाइएको इटालीमा संक्रमीत र मृतकको संख्या निरन्तर बढ्दै गएपछि त्यस्तो निर्णय लिइएको हो । इटालीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले बार, रेन्टुरेन्ट, कपाल काट्ने पसल र अति आवश्यकीयबाहेका सबै किनमेल केन्द्र बन्द हुने बताए ।

यसैबीच हलिउडका चर्चित अभिनेता टम ह्यान्क्स र उनकी श्रीमती रीता विल्सन कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको छ । ओस्कार अवार्ड बिजेता अभिनेता टम ह्यान्क्सले सामाजिक संजाद ट्वीटर माफर्त आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन् । एल्भिस प्रेस्लेको जीवनीमा आधारित चलचित्रको काममा व्यस्त रहेकै बेला टम ह्यान्सलाई कोरोनाको संक्रमण भएको हो । यी दम्पत्तीलाई अहिले आइसोलेसनमा राखिएको छ ।

यता भारत सरकारले कोरोना भाइरसको संक्रमण रोक्न एक महिनासम्म यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कोराना भाइरसको त्रासकै कारण भारत सरकारले १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको हो । भारतीय स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमण फैलिनबाट रोक्न भन्दै यो निर्णय लिएको हो ।

१५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लोइमेन्ट र प्रोजेक्ट बाहेक अरु भिसा एक महिनाका लागि अर्थात् १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । यो निर्णय १३ मार्च अर्थात शुक्रबार मध्यरातबाट लागू हुने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);