इजरायलमा १ वर्ष भित्रै तेस्रो आम निर्वाचन सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

इजरायलमा १ वर्ष भित्रै तेस्रो आम निर्वाचन सम्पन्न

israels general election

एजेन्सी, २० फागुन ।  इजरायलमा सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टीले धेरै सिट जिते पनि बहुमत हासिल गर्न नसक्ने सर्वेक्षणहरुले देखाएका छन् । मत सर्वेक्षणले नेतान्याहूको लिकुड पार्टी प्रतिद्वन्द्वी बेनी गान्ट्जको ब्लु एण्ड ह्वाइट भन्दा अगाडि देखाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

सोमबार सम्पन्न आम निर्वाचनको विभिन्न सर्वेक्षणहरुमा नेतान्याको दक्षिणपन्थी लिकुड पार्टीलाई ३७ सीट र गान्ट्जको ब्लू र ह्वाइट गठबन्धनलाई ३२ देखि ३४ सीट प्राप्त हुने अनुमान गरिएको छ ।

इरायलमा एकबर्षभित्र भएको यो तेस्रो आम निर्वाचन हो । यसअघिका दुई वटा निर्वाचनमा कुनैैपनि दलले १२० सिटको संसदमा बहुमत ल्याउन नसक्दा र गठबन्धन सरकार बन्न नसक्दा तेस्रो पटक निर्वाचन गराइएको हो ।

इजरायलमा सबैभन्दा लामो समय सत्तामा रहने नेता ७० वर्षिय नेतान्याहूमाथि भ्रष्टाचारको आरोप लागेपनि उनले त्यसको खण्डन गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);