इजरायलमा मार्च २३ मा हुने निर्वाचनमा वर्तमान प्रधानमन्त्री नेतन्याहुल र गान्ज चुनावी मैदानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इजरायलमा मार्च २३ मा हुने निर्वाचनमा वर्तमान प्रधानमन्त्री नेतन्याहुल र गान्ज चुनावी मैदानमा

काठमाडौं, २ चैत। इजरायलमा दुई वर्षभित्रमा यही मार्च २३ मा चौँथो पटक निर्वाचन हुने भएको छ ।

गत वर्ष भएको निर्वाचनमा कुनै पार्टीले बहुमत नल्याएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सैनिक भूमिकाबाट इजरायली राजनीतिमा आएका केन्द्रवादी बेन्नी गान्जको सहयोगमा नेतन्याहुको नेतृत्वमा सरकार बनेको थियो ।

नेतन्याहु नेतृत्वलाई सरकार गठन भएकै महिनादेखि गान्जले अविश्वास प्रकट गर्न थालेपछि इजरायली राजनीतिले विश्वभर चर्चा पाएको थियो । गठबन्धनको केही महिनामै सरकारले नयाँ निर्वाचन गरी ताजा जनादेश लिने प्रयास थालेको थियो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कोरोना भाइरसविरूद्धको खोप अभियानलाई निर्वाचनको प्रमुख विषय बनाउने अधिकारीहरूको भनाई छ ।

एकहत्तर बर्षीय नेतन्याहुले इजरायलमा सबैभन्दा लामो समयसम्म सरकारको नेतृत्व गर्ने इतिहास कायम गरिसक्नुभएको छ । प्रमुख प्रतिद्वन्द्वी गान्जले भने नेतन्याहुमाथि लगाइएका भ्रष्टाचार मुद्दालाई नै आफ्नो निर्वाचनको प्रमुख विषय बनाउने देखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);