म्यानमारमा ३८ जना प्रदर्शनकारीको सुरक्षा कारबाहीमा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

म्यानमारमा ३८ जना प्रदर्शनकारीको सुरक्षा कारबाहीमा मृत्यु

एजेन्सी, २ चैत। म्यानमारमा प्रदर्शन गरिरहेका ३८ जना प्रदर्शनकारीको सुरक्षा कारबाहीमा मृत्यु भएको छ ।

सैनिक शासनविरुद्ध प्रदर्शन गरिरहेकामाथि सुरक्षा फौजले गरेको कारबाहीमा आइतबार मात्रै ३८ जना प्रदर्शनकारीको मृत्यु भएको हो । म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गुनमा भएको प्रदर्शनमा सुरक्षाफौजले गोली चलाएको र प्रदर्शनकारीले घरेलु हतियारको प्रयोग गरिएको बताइएको छ ।

चिनियाँ व्यवसायमा आक्रमण भएपछि सेनाले मार्सल ल लागु गरेको थियो । चीनले सैनिक शासकलाई साथ दिएको भन्दै प्रदर्शनकारीले चिनियाँ व्यवसायमाथि समेत हातपात गरेका हुन् ।

गत फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएर शासन हातमा लिएपछि भएको प्रदर्शनको क्रममा आइतबार सबैभन्दा धेरैको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

सेनाले नेशनल लिग फर डेमोक्रेसी एनएलडीकी नेतृ आङ साङ सूकीसहितका निर्वाचित नेतालाई नियन्त्रणमा लिएर सत्ता हातमा लिएसँगै हिंसात्मक प्रदर्शनहरु जारी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);