कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिदै, इरानमा मात्रै ६६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिदै, इरानमा मात्रै ६६ जनाको मृत्यु

corona outbreak

एजेन्सी, २० फागुन । चीनको वुहान शहरबाट फैलिएको कोराना विश्वका ५८ देशमा फैलिएको छ भने मृतकको संख्या बढ्दै गएको छ । अधिकारीहरुका अनुसार कोरोनाका कारण विश्वव्यापी रुपमा तीन हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

चीनमा पछिल्लो समय नयाँ संक्रमितहरुको संख्या घट्दै गएपनि मध्यपूर्वका इरान, साउदी अरेबिया, जोर्डन, ट्युनिसिया लगायत युरोपियन देशहरुमा उक्त संक्रमण फैलिन थालेको बताइएको छ । ती देशहरुमा कोरोनाका नयाँ संक्रमितहरुको संख्या दिनहुँ बढ्दै गएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अहिलेसम्मको तथ्यांक अनुसार चीनपछि इरानमा सबैभन्दा बढीको मृत्यु भएको छ । इरानमा मात्रै ६६ जनाको मृत्यु भएको बताइएको छ । भाइरसको संक्रमण बढ्दै गएपछि अधिकांश देशहरुले पर्यटकको आवागमनमा कडाइ गर्नुका साथै विमानस्थलहरुमा चेकजाँचका लागि हेल्थ डेस्कहरु स्थापना गरेका छन् । त्यसैगरी अत्यावश्यकबाहेक अन्य काममा विदेश नजान नागरिकहरुलाई ती देशले आग्रहसमेत गरेको बताइएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन डब्लुएचओले भाइरसको नियन्त्रणका प्रयासहरु जारी रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । डब्लुएचओले कोरोना नियन्त्रणका लागि चुनौती रहेपनि भाइरसको संक्रमण फैलन नदिन विशेष योजनासहित सावधानी अपनाउन आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);