कोरोनाका कारण विश्वभर ७ हजार १ सय ७५को मृत्यु, १ लाख ८३ हजार संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोनाका कारण विश्वभर ७ हजार १ सय ७५को मृत्यु, १ लाख ८३ हजार संक्रमित

एजेन्सी, ४ चैत । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइसरको संक्रमण अहिले विश्वका १सय ६० भन्दा बढी देशमा फैलिएको छ ।

कोरोना सक्रमणबाट बिश्वमा अहिलेसम्म ७ हजार १ सय ७५ जनाको मृत्यु भएको छ । त्यस्तै १ लाख ८३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

पछिल्लो समय चीनमा भन्दा अमेरिका र युरोपका देशहरुमा कोरोनाको संक्रमण बढिरहेको छ । इटालीमा कोरोनाका कारण २ हजार १ सय ५८ जनाको मृत्यु भएको छ भने २७ हजार ९ सय ८० जना भन्दा बढी संक्रमित भएका छन्।

त्यस्तै इरानमा ८ सय ५३ जनाको मृत्यु भएको छ भने १५ हजार संक्रमित भएका छन्। स्पेनमा ३ सय ४२ को मृत्यु भएको छ भने १० हजार संक्रमित भएका छन्। चीनमा अहीलेसम्म ३ हजार २ सय २६ जनाको मृत्यु भएको छ भने ८० हजारभन्दा बढी संक्रमित भएका छन् । चीनबाहिर मात्रै अहिलेसम्म ३ हजार ८ सय ९४ जनाको मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);